चन्द्रपुरमा मृत फेला परेका वृद्धको पहिचान खुल्यो
सारांश
- रौतहटको चन्द्रपुरमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।
- मृतकको पहिचान ८१ वर्षीय धनबहादुर सुनारको रूपमा भएको छ।
- वृद्ध शुक्रबार घरबाट निस्किएका थिए र चिसोका कारण मृत्यु भएको अनुमान छ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा शनिबार बिहान मृत अवस्थामा फेला परेका वृद्धको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मृतक चन्द्रपुर नगरपालिका–१० मर्धर नयाँ बस्तीका ८१ वर्षीय धनबहादुर सुनार हुन्।
पूर्व–पश्चिम राजमार्गबाट दक्षिणतर्फको भित्री सडकमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले अनुसन्धान सुरु गरेपछि मृतकका छोरा सुरेश सुनारले शवको सनाखत गरेका हुन्।
पारिवारिक स्रोतका अनुसार धनबहादुर शुक्रबार दिउँसो करिब १ बजे घरबाट कसैलाई केही नभनी निस्किएका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले उनको खोजी गरिरहेका थिए।
गएराति तराईमा बढेको अत्यधिक चिसोका कारण उनको मृत्यु भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। यद्यपि घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङले जानकारी दिएकी छिन्।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण