आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सर्लाहीमा वन परियोजनाका चौकीदारको हत्या

शनिबार, १९ पुस २०८२, १८ : २५
शनिबार, १९ पुस २०८२

सर्लाही । सर्लाहीमा सागरनाथ वन परियोजनाका चौकीदारको हत्या भएको छ । 

शनिबार साँझ परियोजनाका चौकीदारको परियोजनाका चौकीदार रामेश्वर महतोको हत्या भएको सर्लाही प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । उनका अनुसार टाउको छिनाएको अवस्थामा चौकीदार महतोको शव फेला परेको छ, घटनास्थलमा बन्चरो पनि भेटिएको छ । घटनाको सूक्ष्म अनुसन्धान थालिएको सर्लाही प्रहरीले जनाएको छ । 

चौकीदार महतोको शव शंकास्पद अवस्थामा भेटिएकोले थप अनुसन्धानका लागि प्रदेश प्रहरीले स्पेसल कुकुर पनि घटनास्थलमा पठाएको प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले बताए । चौकीदार महतो ईश्वरपुर नगरपालिका–२ निवासी रहेका सर्लाही प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप