अख्तियार प्रमुखसहित हाई प्रोफाइललाई धम्की दिने प्रकाश पाठक पक्राउ
काठमाडौँ । फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन् । उनलाई डिसेम्बर ३१ मा मालोलोस सहरको बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसोबाट पक्राउ गरिएको फिलिपिन्स प्रहरीले जनाएका छन् । पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएका थिए ।
काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतले एक महिनाअघि फौजदारी आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो । मंसिर २६ गते पाठकविरुद्ध जबरजस्ती असुली र आपराधिक षड्यन्त्रको लागि इन्टरपोल डिफ्युजन नोटिस पनि जारी गरिएको थियो ।
पाठक विदेशमा गम्भीर सुरक्षा सम्बन्धित गतिविधिहरूमा संलग्न रहेको पनि खुलेको फिलिपिन्सको ब्युरो अफ इमिग्रेसले जनाएको छ । पाठकले भागेका कैदीहरूलाई आत्मसमर्पणको प्रतिरोध गर्न प्रोत्साहित गरेको, आर्थिक सहयोग प्रस्ताव गरेको र हतियारमा पहुँचबारे उल्लेख गरेका थिए । उनी एक उच्च पदस्थ विदेशी सरकारी अधिकारीको हत्याको षड्यन्त्रमा पनि जोडिएका जनाइएको छ ।
पाठक २०२५ अगस्ट १८ मा फिलिपिन्स पुगेका र डिसेम्बर १८ सम्म बस्ने अनुमति पाएका फिलिपिन्स प्रहरीको अनुसन्धानले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण