सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

मदुरोलाई नियन्त्रणमा लिएपछि ट्रम्पले के भने ?

शनिबार, १९ पुस २०८२, २१ : ३०
शनिबार, १९ पुस २०८२

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलामा आक्रमणपछि अमेरिकी सेनाले त्यहाँका राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई देशबाहिर लगिएको बताएका छन् । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मदुरोलाई उहाँकी पत्नीसहित पक्राउ गरिएको छ र देश बाहिर लगिएको छ । यो कारबाही अमेरिकी कानून प्रवर्तनसँग मिलेर गरिएको थियो। थप विवरणहरू पछि प्राप्त हुनेछन् ।’ 

त्यस्तै, ट्रम्पले फक्स न्यूज टिभीमा बोल्दै राष्ट्रपति मादुरोलाई एक हप्ताअघि ‘आत्मसमर्पण’ गर्न भनिएको समेत बताएका छन् । ट्रम्पले मादुरोसँग आफूले कुरा गरेको बताउँदै त्यसबेला उनलाई  ‘तपाईंले हार मान्नुपर्नेछ, तपाईंले आत्मसमर्पण गर्नुपर्नेछ’ भनेर सम्झाएको समेत बताएका छन् । 

उनले भेनेजुएलामा भएको आक्रमणमा अमेरिकी पक्षका केही व्यक्तिहरू घाइते भएको पनि बताए, तर कसैको मृत्यु नभएको दाबी गरेका छन् । ट्रम्पले भने, ‘हामी चार दिन अघि यो (आक्रमण) सुरु गर्ने थियौं, तर मौसम राम्रो थिएन। अचानक, मौसम सफा भयो, र हामीले आक्रमण सुरु गर्यौं।’ 

उनले मादुरोलाई पक्राउ गर्दाको स्मरण समेत गरे । ‘घर भन्दा किल्ला जस्तै’ र ‘भारी स्टिलले घेरिएको’ घरबाट उनलाई नियन्त्रणमा लिइएको उनले बताएका छन् । 

ट्रम्पले यस घटनाबारे थप विवरणका लागि अमेरिकी समय अनुसार शनिबार बिहान पत्रकार सम्मेलन गर्ने बताएका छन् । भेनेजुएलाले भने सो घटनापछि ठूलो मात्रामा सैन्य स्रोतहरू परिचालन गर्ने घोषणा गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप