लहानमा जङ्गली हात्ती गाउँमा पसेर ६ वटा घरमा क्षति
सिरहा । यहाँको लहान नगरपालिका-१६ आरिदमार टोलमा शुक्रबार राति जङ्गली हात्तीको समूह गाउँमा पसेर आतङ्क मच्चाउँदा छ वटा घरमा क्षति पुगेको छ । चुरे क्षेत्रको जङ्गलबाट बस्तीमा पसेका हात्तीले घर भत्काउनुका साथै भण्डारण गरिएको अन्नपात र तरकारी बाली नष्ट गरेका छन् ।
वडाध्यक्ष गडुलबहादुर जर्घा मगरका अनुसार हात्तीको समूहले भुपाल नाम्जेली मगर, जालबहादुर थापा मगर, भक्तबहादुर मगर, रामबहादुर थापा मगर, गोपाल थापा मगर र हरीबहादुर थापा मगरको घरमा तोडफोड गरेका हुन् । “हात्तीले घर मात्र होइन, अन्नपात र करेसाबारीमा लगाएको तरकारीसमेत नष्ट गरेका छन्”, उनले भने । उनका अनुसार करिब रु तीन लाख बराबरको क्षति भएको छ ।
स्थानीय हरीबहादुर मगरले हात्ती प्रवेश गरेपछि गाउँले त्रसित बनेका बताए । “चार वटा हात्ती साँझतिर गाउँ पसेपछि हामी सबै घर छाडेर जङ्गलतिर भाग्यौँ”, उनले भने, “हिजो राति जङ्गलमा बिताइयो, आज पनि घरमा बस्न सक्ने अवस्था छैन ।” उनका अनुसार ११ दिनको सुत्केरीले जाडोमा बच्चा च्यापेर रातभर जङ्गलमा बस्नुपरेको थियो । “जुनसुकै बेला हात्ती गाउँ पस्न सक्छ भन्ने डरले हामी निकै आत्तिएका छौँ”, उनले थपे ।
वडाध्यक्ष मगरका अनुसार क्षति पुर्याएपछि हात्तीहरू नजिकैको झाँडी क्षेत्रमा आज दिनभर बसिरहेका छन् । हात्ती धपाउन र थप क्षति हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय लहानको टोलीले निगरानी गरिरहेको छ । गाउँलेहरू पनि पालैपालो जाग्राम बसेर हात्तीको गतिविधि हेरेका छन् ।
डिभिजन वन कार्यालय लहानका अनुसार प्रायः हरेक वर्ष हिउँदयाममा जङ्गली हात्तीको समूहले सिरहाको लहान, धनगढीमाई, गोलबजार तथा मिर्चैयाको उत्तरी क्षेत्रमा पर्ने गाउँबस्तीमा पसेर तोडफोडसहित आतङ्क मच्चाउने गर्दछन् ।
कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले भने, “चुरे क्षेत्र जङ्गली हात्तीको प्राकृतिक करिडोर हो । वन क्षेत्र अतिक्रमण र प्राकृतिक बासस्थान नष्ट हुँदै जाँदा हात्ती बेलाबेला बस्तीमा पस्ने गरेका छन्”, उनले भने । यसैबीच, लहान नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई क्षतिको विवरणअनुसार तत्काल राहत उपलब्ध गराइने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण