मादुरो अमेरिकी ‘सैन्य नियन्त्रणमा’
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो अमेरिकी सैन्य जहाजमा रहेको तस्बिर सार्वजनिक गरे।
- मादुरोलाई बोकेको अमेरिकी सैन्य विमान न्यूयोर्कको स्टुअर्ट विमानस्थलमा अवतरण गर्ने अपेक्षा गरिएको छ।
- स्रोतका अनुसार मादुरो अमेरिकी सेनाको नियन्त्रणमा छन् र उनलाई संघीय अदालतमा उपस्थित गराइनेछ।
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी सैन्य जहाजमा रहेको दाबी गर्दै एक तस्बिर सार्वजनिक गरेका छन् । ट्रम्पले उक्त तस्बिर सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा साझा गरेका हुन् ।
तस्बिरमा मादुरोजस्तै देखिने व्यक्ति आँखामा मास्क र कानमा हेडफोन लगाएर खैरो रंगको ट्र्याकसुटमा देखिन्छ । यसअघि ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा मादुरोलाई यही जहाजमार्फत अमेरिका ल्याइँदै गरेको बताएका थिए ।
यसैबिच, बीबीसीले स्रोतलाई उद्धृत गर्दै मादुरोलाई बोकेको अमेरिकी सैन्य विमान आजै न्यूयोर्कको स्टुअर्ट विमानस्थलमा अवतरण गर्ने अपेक्षा गरिएको छ । यो विमानस्थल न्यूयोर्क राज्यको अरेन्ज काउन्टीमा पर्छ र म्यानहट्टनबाट करिब ६० माइल उत्तरमा अवस्थित छ ।
स्रोतका अनुसार मादुरो हाल अमेरिकी सेनाको नियन्त्रणमा छन् र विमान अवतरणपछि उनलाई संघीय अधिकारीहरूलाई जिम्मा लगाइनेछ । उनलाई आउँदो हप्ता न्यूयोर्कको दक्षिणी जिल्लाको संघीय अदालतमा उपस्थित गराइने अपेक्षा गरिएको छ । यो प्रक्रिया सम्भवतः सोमबारदेखि सुरु हुन सक्ने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण