बोर्नमाउथलाई हराउँदै आर्सनल शीर्ष स्थानमा झन् मजबुत, एस्टन भिल्ला पनि दोस्रो स्थानमा कायमै
सारांश
- आर्सनलले बोर्नमाउथलाई ३-२ ले पराजित गर्दै प्रिमियर लिगमा शीर्ष स्थान कायम गर्यो।
- आर्सनलका लागि गाब्रिएल म्यागाल्हाइस, डेक्लान राइसले गोल गरे, भने बोर्नमाउथका लागि इभानिल्सन र क्रुपीले गोल गरे।
- एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई ३-१ ले हराएर तालिकामा दोस्रो स्थान ओगटेको छ।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आर्सनलले बोर्नमाउथलाई ३-२ ले पराजित गर्दै तालिकाको शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाएको छ ।
घरेलु टोली बोर्नमाउथका लागि इभानिल्सनले १० औँ र एलि जुनियर क्रुपीले ७६औँ मिनेटमा गोल गरे पनि आर्सनलका लागि गाब्रिएल म्यागाल्हाइसले १६ औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि डेक्लान राइसले ५४ औँ र ७१ औँ मिनेटमा दुई महत्त्वपूर्ण गोल गर्दै टोलीलाई जित दिलाए ।
यस जितसँगै आर्सनलले २० खेलबाट ४८ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा आफ्नो अग्रता थप मजबुत बनाएको छ ।
यता नेपाली समयअनुसार शनिबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई ३-१ ले पराजित गरेको छ । भिल्ला यो जितसँगै ४२ अंकसहित तालिकाको दोस्रो स्थानमा कायम रहेको छ।
त्यस्तै अर्काे खेलमा वुल्भस्ले वेस्ट ह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको छ भने ब्राइटनले बर्नलीमाथि २–० को जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लाे २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु
-
पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीको छलफल : जायज माग कार्यान्वयन गर्ने आश्वासन
-
बुधबारदेखि वर्षा कम हुने
-
केएमसीमा खुट्टा काट्नुपर्ने जोखिममा रहेका बिरामीको बिनाचिरफार सफल उपचार
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण