ओली–प्रचण्ड भेटवार्ताको तयारी, चुनावी तालमेलबारे छलफल हुने
सारांश
- केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता शनिबार तय भएपनि प्रचण्डको ढिलाइले रोकिएको थियो।
- भेटवार्तामा समसामयिक राजनीति र आगामी निर्वाचनमा चुनावी तालमेलबारे छलफल हुनेछ।
- निर्वाचनमा कांग्रेस, एमाले र नेकपाबीच चुनावी तालमेलको लागि अनौपचारिक कुराकानी भइरहेको छ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ताको तयारी भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार दुई नेताबिच शनिबार नै भेट्ने तय भए पनि प्रचण्ड सङ्खुवासभाबाट काठमाडौँ फर्कन ढिला भएपछि रोकिएको थियो ।
एमाले सचिव महेश बस्नेतले दुई नेताबिच हिजै तय भएको भेट आज आइतबार दिउँसो हुने बताए । ‘हिजो नै भेटवार्ता हुने कुरा थियो । प्रचण्डको प्लेन आउन ढिला भएकाले रोकिन पुग्यो । अब आज दिउँसो भेटवार्ता हुने कुरा भएको छ ।’
दुई नेताबिचको भेटमा समसामयिक राजनीतिका साथै आगामी निर्वाचनमा चुनावी तालमेलबारे कुराकानी हुने बुझिएको छ । जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण