एमालेबाट नवलपुर–२ मा तिलक महतको एकल नाम सिफारिस, १ मा ८ जना आकाङ्क्षी
सारांश
- नेकपा एमाले नवलपुर क्षेत्र नम्बर २ ले तिलक महतलाई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एकल सिफारिस गरेको छ।
- महत २०७४ मा निर्वाचित भए पनि २०७९ मा कांग्रेसका विष्णु कार्कीसँग पराजित भएका थिए।
- नवलपुर– १ बाट भने ८ जनाको नाम सिफारिस गरिएको छ जसमा हरि न्यौपाने लगायतका नेताहरू छन्।
नवलपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) नवलपुर क्षेत्र नम्बर २ ले तिलक महतको नाम एकल सिफारिस गरेको छ । केन्द्रीय सदस्य एवं नवलपुर इन्चार्ज महतको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो ।
महत २०७४ को निर्वाचनमा नवलपुर–२ बाटै निर्वाचित भएका थिए भने २०७९ मा कांग्रेसका उम्मेदवार विष्णु कार्कीसँग पराजित भए ।
नवलपुर– १ बाट भने ८ जनाको नाम सिफारिस भएको छ । नेताहरू हरि न्यौपाने, सागर न्यौपाने, रवीन्द्र अधिकारी, डा. गोपाल खनाल, छत्रराज पौडेल, भागिरथ सापकोटा, गोपेन्द्रकेशरी न्यौपाने र तिलोत्तम पौडेलको नाम सिफारिस गरेको हो ।
हरि देवचुली नगरपालिकाका मेयर हुन् भने सागर उनका स्वकीय सचिव । यो क्षेत्र कांग्रेसको पकड भएको क्षेत्र हो । डा. शशाङ्क कोइराला यही क्षेत्रबाट लगातार ३ पटक निर्वाचित भएका थिए । आगामी निर्वाचनमा रास्वपाले यो क्षेत्रलाई ग्रिन जोन मानेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण