बारा–४ बाट प्रतिनिधिसभा निर्वाचनका लागि विनय यादव सिफारिस
काठमाडौँ । राष्ट्रिय एकता दलले हिन्दुवादी नेता विनय यादवलाई बारा–४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।
राष्ट्रिय एकता दलको बारा जिल्ला समितिको बैठकले उनको एकल नाम सिफारस गरेको हो । गणतान्त्रिक हिन्दु राष्ट्रका लागि संघर्ष गर्दै आएका राष्ट्रि एकता अभियानका अभियन्ता यादव राष्ट्रिय एकता पार्टीको अध्यक्षसमेत हुन् ।
बार–४ यादवको गृहजिल्ला हो । अध्यक्ष यादवले लामो समयदेखि भ्रष्टाचार, कुशासन तथा राष्ट्रिय सम्पत्ति दुरुपयोगविरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन् । उनले नेपालमा चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभका नाममा हुने अपारदर्शी सम्झौता र सम्भावित राष्ट्रिय जोखिमप्रति ध्यानाकर्षण गराउँदै विभिन्न चरणमा प्रदर्शन तथा जनजागरण अभियान सञ्चालन गर्दै आएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको व्यापक भ्रष्टाचारविरुद्ध सञ्चालन भइरहेको आन्दोलनको अगुवाइ पनि यादवले गर्दै आएका छन् ।
आन्दोलनमार्फत उनले भ्रष्टाचारमा संलग्न दोषीहरूमाथि निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण