विराट नर्सिङ होममा आधुनिक क्याथ ल्याब सञ्चालन
सारांश
- विराटनगरस्थित विराट नर्सिङ होमले अत्याधुनिक 'क्याथ ल्याब' सञ्चालनमा ल्याएको छ, जसले जटिल रोगहरूको उपचार सहज बनाउनेछ।
- नयाँ सेवाले नेपाल-भारत सीमावर्ती क्षेत्रका नागरिकलाई एडभान्स उपचारमा पहुँच पुर्याउनेछ, र समयमै उपचार नपाउँदा हुने जोखिम कम गर्नेछ।
- अस्पतालले कार्डियो, न्युरो र इन्टरभेन्स्नल रेडियोलोजी सेवा एकै ठाउँमा उपलब्ध गराएको छ, जहाँ २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध हुनेछ।
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालनमा ल्याएको छ । कार्डियाक, न्युरो तथा भास्कुलर इन्टरभेन्स्नल सम्बन्धी जटिल रोगहरूको उपचारलाई छिटो, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ अस्पतालले आइतबारदेखि यो सेवा सुरु गरेको हो ।
नयाँ सेवाको शुभारम्भ इनभोलुसन हेल्थकेयर प्रालिका निर्देशक अतुल शर्माले हृदयाघात तथा स्ट्रोकजस्ता आपतकालीन अवस्थामा समयमै उपचार नपाउँदा ज्यान जाने जोखिम उच्च हुने भएकाले सोही जोखिम न्यूनीकरण गर्न अत्याधुनिक प्रविधि ल्याइएको बताए । ‘यो सेवाले विराटनगर सहित नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकलाई एडभान्स उपचारका लागि सहज हुनेछ,’ शर्माले भने ।
विराट नर्सिङ होमले कोशी र मधेस प्रदेशमै पहिलो पटक कार्डियो, न्युरो र इन्टरभेन्स्नल रेडियोलोजी गरी तीनै वटा विशेषज्ञ सेवा एकै ठाउँ उपलब्ध गराएको दाबी गरेको छ । अस्पतालका अनुसार यहाँ जडान गरिएको ‘प्रिमियर एलिट क्याथ ल्याब’ अत्याधुनिक प्रविधिमा आधारित छ, जसले कम विकिरणका साथ छिटो र सुरक्षित रूपमा उपचार प्रक्रिया पूरा गर्दछ ।
नेपाल तथा भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरूमा तालिम प्राप्त वरिष्ठ इन्टरभेन्स्नल विशेषज्ञहरूबाट यहाँ २४ सै घण्टा सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालको आकस्मिक सेवामा एमडीजीपी चिकित्सक, दक्ष क्रिटिकल केयर टिम, सर्टिफाइड नर्स र १५ शय्याको एडभान्स सीसीयू सहितको सुविधा रहेको छ ।
मुटुरोग तथा अन्य आपतकालीन लक्षण देखिएमा ढिलाइ नगरी तुरुन्त स्वास्थ्य जाँच गराउन समेत अस्पतालले आम नागरिकलाई आग्रह गरेको छ ।
क्याथ ल्याब उद्घाटनको अवसरमा अस्पतालले विशेष सहुलियतको घोषणा गरेको थियो । प्राथमिकताका आधारमा पहिलो आउने २० जना बिरामीलाई क्याथ ल्याबअन्तर्गतका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने घोषणा गरिएकोमा १९ जनाले सो सुविधा लिएको अस्पताल प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण