कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम
सारांश
- कर्णाली प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा १० लाख ३७ हजारभन्दा बढी मतदाता सहभागी हुनेछन्।
- निर्वाचन कार्यालयका अनुसार यसपटक कर्णालीमा एक लाख २८ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
- सुर्खेतमा सबैभन्दा बढी मतदाता छन् भने डोल्पामा सबैभन्दा कम मतदाता रहेको तथ्याङ्क छ।
सुर्खेत । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख ३७ हजारभन्दा बढी मतदाताले भाग लिने भएका छन्। कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकसहित कूल मतदाताको सङ्ख्या १० लाख ३७ हजार दुई सय ५० पुगेको हो।
विसं २०७९ को निर्वाचनमा नौ लाख आठ हजार चार सय ३३ मतदाता रहेको कर्णालीमा यसपटक एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएका छन्। कुल मतदातामध्ये पुरुषको सङ्ख्या पाँच लाख २७ हजार आठ सय ८६ र महिलाको सङ्ख्या पाँच लाख नौ हजार तीन सय ६१ रहेको छ।
प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार नौ सय ४३ रहेका छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार एक सय १५ मतदाता छन्। यस्तै सल्यानमा एक लाख ६२ हजार चार सय ४९, दैलेखमा एक लाख ६१ हजार दुई सय चार, जाजरकोटमा एक लाख सात हजार ९१, रुकुम पश्चिममा एक लाख छ हजार छ सय ६०, कालीकोटमा ८४ हजार छ सय ४६, जुम्लामा ७१ हजार सात सय ३९, मुगुमा ३६ हजार ३१ र हुम्लामा ३४ हजार तीन सय ७२ मतदाता रहेका छन्।
निर्वाचनका लागि कर्णालीभर नौ सय ४१ मतदानस्थल र एक हजार एक सय ३७ मतदान केन्द्र तोकिएको छ।
मतदानस्थलको सङ्ख्याका आधारमा सुर्खेतमा एक सय ४०, दैलेखमा एक सय ३९, सल्यानमा एक सय १७, कालीकोटमा एक सय तीन, जाजरकोटमा ८८, जुम्लामा ८३, रुकुम पश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० स्थान तोकिएको छ।
निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रको व्यवस्थापन जिल्ला अनुसार फरक-फरक रहेको छ, जसमा सुर्खेतमा सबैभन्दा बढी तीन सय दुई र हुम्लामा सबैभन्दा कम ६४ केन्द्र रहेका छन्। फागुनको निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयले आफ्नो तयारीलाई तीव्रता दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण