भेनेजुएला संकटले बढ्यो सुनको भाउ
न्यूयोर्क । भेनेजुएलामा अमेरिकी आक्रमणपछि विकसित घटनाक्रमसँगै हालैका दिनमा सुनको भाउ बढिरहेको छ । सोही क्रममा अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको भाउ बढेको छ ।
यो समाचार तयार पार्दासम्म न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजमा सुनको भाउ शून्य दशमलव ६० प्रतिशतले बढेर प्रतिऔंस ४ हजार ४६७ डलर ७७ सेन्टमा पुगेको छ । मंगलबार सुनको भाउ अधिकतम प्रतिऔंस ४ हजार ४६९ डलर ३५ सेन्टसम्म उक्लिएको थियो । यो एक हप्ता अघि पहेँलो धातुको मूल्यले बनाएको कीर्तिमानी स्तर नजिक हो । डिसेम्बर २६ मा सुन प्रतिऔंस ४ हजार ५४९ डलर ७१ सेन्टको उच्चतम बिन्दुमा पुगेको थियो ।
सोमबार कोमेक्समा कारोबार बन्द हुँदा स्पट गोल्ड प्रतिऔंस २ दशमलव ५१ प्रतिशतले बढेको थियो । फेब्रुअरी डेलिभरीको यूएस गोल्ड फ्यूचर्स पनि मंगलबार शून्य दशमलव ३ प्रतिशतले बढेर ४ हजार ४६५ डलर ७ सेन्टमा पुगेको थियो ।
अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ (फेड)ले ब्याजदर कटौती गर्ने संकेतका कारण पनि सुनको भाउले टेवा पाएको समाचारमा उल्लेख छ ।
महँगी विस्तारै घट्दै गइरहेकोले ब्याजदर कटौती हुने सम्भावना बढेको मिनिपोलिसका फेड अध्यक्ष निल कश्कारीले सोमबार बताएका थिए । उनको यो अभिव्यक्तिपछि आगामी नीतिगत बैठकहरूमा फेडले ब्याजदर घटाउने अनुमान बलियो बनेको छ ।
यो वर्ष फेडले कम्तीमा पनि दुई पटक ब्याजदर कटौती गर्ने आशामा यतिबेला लगानीकर्ताहरू छन् । फेडको कदम कस्तो होला भन्ने कुरा शुक्रबार सार्वजनिक हुने अमेरिकी गैर– कृषि क्षेत्रको रोजगारी प्रतिवेदनमा भर पर्ने विश्लेषण पनि आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण