शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ

मङ्गलबार, २२ पुस २०८२, ११ : १३
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदैछ।
  • अख्तियारले पौडेलविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा मुद्दा दायर गरेको थियो, जसमा २३ करोड ७५ लाख बिगो मागदाबी गरिएको छ।
  • अख्तियारले पौडेलले आम्दानीको तुलनामा अस्वाभाविक सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको छ।

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलविरुद्ध २०८१ वैशाख ९ गते गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ ।

आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप