सिँचाइका नहरमाथि सोलार प्यानल राखेर बिजुली निकाल्ने सरकारको तयारी
सारांश
- ऊर्जा मन्त्री घिसिङले नेपालमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताए, जसले भारतबाट विद्युत आयात कम गर्न मद्दत गर्नेछ।
- सरकारले सिँचाइ नहरहरूमा सौर्य प्यानल राखेर विद्युत उत्पादन गर्ने विषयमा अध्ययन गरिरहेको छ, निजी क्षेत्रको सहभागिता खोज्दै।
- राष्ट्रिय योजना आयोगका उपाध्यक्षले जलविद्युतको विकल्पमा सौर्य ऊर्जा आवश्यक रहेको र १६औँ पञ्चवर्षीय योजनामा यसलाई प्राथमिकता दिइएको बताए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालमा सौर्य ऊर्जालाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल सौर्य ऊर्जा विद्युत् सङ्घको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय प्रसारण ग्रिडमा सौर्य ऊर्जाको हिस्सा बढाउन सके भारतबाट हुने विद्युत् आयात घटाउन सकिने उल्लेख गरे।
मन्त्री घिसिङले सरकारले सौर्य ऊर्जा उत्पादनका लागि नयाँ मापदण्ड बनाएर कार्यान्वयन गर्न लागेको जानकारी दिए। विशेषगरी देशभर रहेका सिँचाइका नहरहरूमाथि सौर्य प्यानल राखेर विद्युत् उत्पादन गर्ने विषयमा सरकारले अध्ययन गरिरहेको उनको भनाइ छ। यस्तो आयोजनामा निजी क्षेत्रलाई कसरी सहभागी गराउन सकिन्छ भन्नेबारे गृहकार्य भइरहेको उनले स्पष्ट पारे। छिमेकी मुलुक भारतमा पहाडी डाँडाहरूको प्रयोग गरेर ठुलो परिमाणमा सौर्य ऊर्जा निकालिएको उदाहरण दिँदै उनले नेपालका डाँडाहरूमा पनि यसको सम्भावना रहेको बताए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले जलवायु परिवर्तनका कारण नदीमा पानीको बहाव घट्दै गएकाले जलविद्युत्को विकल्पमा सौर्य ऊर्जा अनिवार्य भएको धारणा राखे। उनले १६औँ पञ्चवर्षीय योजनामा नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राखिएको जानकारी दिए। ऊर्जा सचिव चिरञ्जीवी चटौतले आगामी दुई वर्षभित्र मुलुकभर पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको बताए।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले दुरदराजका क्षेत्रमा बिजुली पुर्याउन सौर्य ऊर्जाको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले सौर्य ऊर्जा क्षेत्रलाई अझ मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। साधारणसभाले सङ्घको नयाँ नेतृत्व समेत चयन गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण