जेनजी आन्दोलनबाट उदाएका रविकिरण हमाल सुर्खेत–१ बाट सिफारिस
बुधबार, २३ पुस २०८२, ११ : ००
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रविकिरण हमाललाई सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।
- हमाल जेनजी आन्दोलनबाट उदाएका युवा नेता हुन्, जसले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका छन्।
- यस क्षेत्रबाट एमाले, कांग्रेस र नेकपाले पनि आआफ्ना उम्मेदवार खडा गरेका छन्।
सुर्खेत । जेनजी आन्दोलनबाट उदाएका युवा नेता रविकिरण हमाललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।
व्यथिति, कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका हमाल पछिल्लो समय जेनजी आन्दोलनमा अग्रणी भूमिकामा देखिएका थिए ।
उनी राप्रपाको केन्द्रीय सदस्य हुन् । यस्तै भूपेन्द्रबहादुर देवकोटालाई पनि सिफारिस गरिएको छ । यद्यपि युवाहरू माझ चिनिएका हमालले टिकट पाउने सम्भावना छ ।
यो क्षेत्रबाट एमालेले ध्रुव शाही, कांग्रेसले पूर्णबहादुर खड्का र नेकपाले जीतबहादुर रानालाई उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण