राजनीति
हर्क साम्पाङद्वारा सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
बुधबार, २३ पुस २०८२, १३ : ३८
सारांश
- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।
- सामाजिक सञ्जालमार्फत उनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै चुनाव लड्ने प्रतिबद्धता जनाएका छन्।
- मेयर साम्पाङ हालै श्रम संस्कृति पार्टी दर्ता गरी सोही पार्टीबाट संसदीय चुनावमा होमिन लागेका हुन्।
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं–१ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ! जय माटो !’
वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर पदमा निर्वाचित भएका साम्पाङले हालै आफ्नै अध्यक्षतामा ‘श्रम संस्कृति पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
मेयर निर्वाचित भएपछि गठन भएको उनको यो पार्टीबाटै उनी अब संसदीय राजनीतिमा होमिन लागेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण