तस्बिरमा हेर्नुहोस् कर्णालीमा राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता
सुर्खेत । कर्णालीबाट राष्ट्रिय सभाका दुई पदका लागि हुने निर्वाचनमा ४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । बुधबार वीरेन्द्रनगरमा रहेको प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
‘उम्मेदवारी दर्ताको काम निकै सौहार्दपूर्ण रह्यो,’ प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले रातोपाटीसँग भने, ‘समयमै दर्ताको काम सकियो ।’
उनका अनुसार, नेकपा एमालेबाट तर्फबाट महिला कलस्टरमा दैलेखकी मिनासिं रखालको उम्मेदवारी दर्ता भएको छ भने अन्य क्लस्टरबाट नेपाली कांग्रेसका ललितजंग शाहीले दर्ता गरेका छन् । उनी जुम्लाका हुन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट महिला कलस्टरमा डोल्पाकी अन्जु बोहोरा (शाही) र अन्य कलस्टरमा रुकुम पश्चिमका बुद्धिप्रसाद शर्माका उम्मेदवारी दर्ता भएको छ ।
दुई पदका लागि हुने निर्वाचनमा एमाले–कांग्रेसले गठबन्धन गरेको छ भने नेकपा एक्लै चुनावी मैदानमा होमिएको छ ।दलहरूको मतभार अनुसार, कांग्रेस–एमालेबिच गठबन्धन हुँदा नेकपाले दुवै सिट गुमाउने सम्भावना छ ।
यदि दलहरू एक्लाएक्लै चुनावी मैदानमा होमिएको खण्डमा नेकपाले दुवै सिट सुरक्षित राख्न सक्थ्यो ।
गठबन्धनमा एउटै सिट भए पनि जित्न सक्ने सम्भावनालाई औँल्याएर एमाले उम्मेदवारहरू पार्टी कार्यालयबाट निर्वाचन आयोगसम्म फुलमालामा सजिएर पुगेका थिए ।
उम्मेदवारी दर्ता कार्यक्रममा एमाले पार्टी केन्द्रीय सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश अध्यक्ष गुलाबजंग शाही लगायतका नेता, कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो ।
यस्तै कांग्रेस प्रदेश सभापति समेत रहेका ललितजंग शाही पनि गणेशचोकमा रहेको प्रदेश पार्टी कार्यालयबाट तामझामसहित निर्वाचन आयोग पुगेका थिए ।
नेकपाका उम्मेदवारहरूको दर्ताका क्रममा महिला नेतृ विमला केसी, सुर्खेतका नेताहरू झकबहादुर मल्ल, प्रदेश सांसद कृष्णबहादुर जिसी लगायतका नेताहरू सहभागी थिए ।
हेर्नुहोस् तस्बिरमा उम्मेदवारहरूको उम्मेदवारी दर्ता
_JKpEF0ME8E.jpg)
_s0IrlmTWGW.jpg)
_w25sK8VY0z.jpg)




_DneO8pge0f.jpg)
_TDoQlTtz3Y.jpg)
_9t0ZiWTnDZ.jpg)



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण