प्रतिनिधिसभा निर्वाचन : एमाले हुम्लाद्वारा दल रावलसहित तीन जनाको नाम सिफारिस
सुर्खेत । नेकपा एमाले हुम्लाले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
जसमा कर्णालीका पूर्व सामाजिक विकास मन्त्री एवं एमाले हुम्लाका संयोजक दल रावलसहित तीन जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस गरिएका उम्मेदवारहरूमा रावलसहित दल फडेरा र सौमती ऐडी रहेका छन् ।
तीन जनामध्ये सबैभन्दा सम्भावित रावल नै हुन् । उनी ०७४ मा प्रदेश सभा चुनाव जितेर कर्णालीको सामाजिक विकासमन्त्री बनेका थिए ।
उनी एमालेभित्र भिजन भएका र गृह जिल्ला हुम्लामा जनमत भएका नेताका रूपमा चिनिन्छन्। ०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले– माओवादी गठबन्धन हुँदा पनि उनले लोकप्रिय मत पाएका थिए ।
उनले एकल रूपमा चुनाव लड्दा पार्टीले प्राप्त गरेको समानुपातिक मतभन्दा झण्डै दोब्बर मत ल्याएका थिए ।
बौद्धिक नेताको पहिचान बनाएका रावलले सामाजिक विकास मन्त्री हुँदा कर्णालीको शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा ’अब्बल मन्त्री’को पहिचान बनाएका थिए । उनी एमाले ११औँ महाधिवेशनमा केपी ओली बहुमतबाट केन्द्रीय सदस्य जितेका थिए ।
प्रतिनिधि सभाका लागि सिफारिस भएका अर्का उम्मेदवार दल फडेरा भने विगतका निर्वाचनमा खासै सफल देखिएका छैनन् ।
०७९ सालको स्थानीय तह निर्वाचनमा अदानचुली गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका फडेरा, त्यसलगत्तै भएको प्रदेश सभा निर्वाचनमा पनि तेस्रो स्थानमा खुम्चिएका थिए। उनले तेस्रो नम्बरमा मत पाएका थिए ।
त्यसैगरी, महिला नेतृत्वको प्रतिनिधित्व गर्दै सौमती ऐडीको नाम पनि सिफारिस गरिएको छ ।
हुम्ला एमालेभित्र दल रावलको प्रभाव र अघिल्लो निर्वाचनको नतिजालाई हेर्दा उनले नै टिकट पाउने सम्भावना प्रबल रहेको कार्यकर्ताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण