राष्ट्रिय सभा निर्वाचन : कांग्रेस–एमालेका उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्ने निर्णय
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्ने निर्णय गरिएको छ ।
बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल उपस्थित बैठकमा नेपाली कांग्रेस अन्यतर्फका ललितजंग शाही र एमालेबाट महिलातर्फ मिना सिंह रखाललाई विजयी गराउनका लागि प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख,उपप्रमुख,गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुलाई अनुरोध गर्ने निर्णय गरिएको हो ।
त्यस्तै मतदाताहरूलाई समयमै निर्वाचन केन्द्र वीरेन्द्रनगर सुर्खेतमा उपस्थितिका लागि दुवै पार्टीका तर्फबाट पहल गर्ने निर्णय समेत गरिएको मुख्यमन्त्री कँडेलले बताए ।
बैठकमा एमालेका तर्फबाट अध्यक्ष गुलावजंग शाह, उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र उपसचिव रवीन्द्रराज शर्मा सहभागी थिए ।
यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति ललितजंग शाही र महामन्त्रीद्वय कृष्णबहादुर रोकाय र निरञ्जन केसी सहभागी थिए ।
आगामी माघ ११ गते राष्ट्रय सभा निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण