अब राजनीतिक जीवन सुरु भएको कुलमानको घोषणा
सारांश
- कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पदबाट राजीनामा दिएर राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरे।
- उनले जनताको बीचमा गएर देश परिवर्तनको नेतृत्व गर्ने र रास्वपासँगको सहकार्यमा अघि बढ्ने बताए।
- घिसिङले 'उज्यालो नेपाल अभियान' लाई सशक्त बनाउन र सुशासन कायम गर्न निर्वाचनमा होमिन लागेको बताए।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफ्नो औपचारिक राजनीतिक यात्रा सुरु भएको घोषणा गरेका छन् ।
बुधबार मन्त्री पदबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, 'भोलिदेखि नै मेरो नयाँ राजनीतिक जीवन सुरु हुन्छ । मन्त्रालयको कोठामा बसेर मात्र होइन, अब जनताको बिचमा गएर देश परिवर्तनको नेतृत्व गर्ने मेरो संकल्प छ ।' उनले जेन–जी आन्दोलनको भावना र जनअपेक्षा पूरा गर्न आफू अब दलीय राजनीतिमा होमिएको स्पष्ट पारे । केही अघि उनले उज्यालो नेपाल पार्टी रास्वपामा मिलाएका थिए ।
घिसिङले आफू कुनै पनि पार्टीको सदस्यता नलिईकनै सरकारमा सहभागी भएको भए पनि अब औपचारिक रूपमा रास्वपासँगको सहकार्यमा अघि बढ्ने संकेत गरे । उनले आफ्नो ‘उज्यालो नेपाल अभियान’ लाई राजनीतिक रूपमा थप सशक्त बनाउन र सुशासन कायम गर्न निर्वाचनमा होमिने घोषणा गरे ।
पत्रकार सम्मेलनमा उनले पदभन्दा आत्मसम्मान ठूलो हुने र जनभावना नै आफ्नो शक्तिको स्रोत रहेको बताए । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा भाग लिने मन्त्रीहरूलाई पद त्याग्न दिएको निर्देशनको सम्मान गर्दै उनले मार्ग प्रशस्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण