बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फुलहामसँग चेल्सी पराजित

बिहीबार, २४ पुस २०८२, ०३ : २३
बिहीबार, २४ पुस २०८२

सारांश

  • चेल्सी फुलहामसँग २-१ गोलले पराजित भयो, जसमा राउल जिमेनेज, ह्यारी विल्सनले गोल गरे।
  • चेल्सीका डिफेन्डर मार्क कुकुरेल्ला रातो कार्ड पाएर मैदानबाट बाहिरिए, जसले टोलीलाई दबाबमा पार्यो।
  • फुलहामको जितले अंक ३१ पुर्यायो, जबकि चेल्सीको पनि ३१ अंक छ, तर फुलहाम आठौं स्थानमा उक्लियो।

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा चेल्सी फुलहामसँग २–१ गोलले पराजित भएको छ । खेलभरि अपेक्षित प्रदर्शन गर्न नसक्दा चेल्सी स्तब्ध बनेको हो ।

खेलको ५५ औँ मिनेटमा फुलहामका स्ट्राइकर राउल जिमेनेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ७२औँ मिनेटमा चेल्सीका लियम डेलापले बराबरी गोल फर्काउँदै खेललाई रोचक बनाएका थिए । तर खेलको ८१औँ मिनेटमा ह्यारी विल्सनले निर्णायक गोल गरेपछि फुलहामले महत्त्वपूर्ण जित हात पार्‍यो ।

चेल्सीका लागि यो खेल थप कठिन तब बन्यो जब २२औँ मिनेटमै डिफेन्डर मार्क कुकुरेल्ला रातो कार्ड पाउँदै मैदान बाहिरिन बाध्य भए । १० खेलाडीमा सीमित चेल्सीले बाँकी समय दबाबमा बिताउनुपर्‍यो ।

जितसँगै फुलहामले आफ्नो अंक ३१ पुर्‍याएको छ भने पराजित चेल्सीको पनि समान ३१ अंक नै रहेको छ । यद्यपि चेल्सी तालिकाको सातौं स्थानमा छ भने फुलहाम आठौँ स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप