शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

विशेष महाधिवेशन २७ पुसमै हुन्छ, पार्टी विभाजन हुँदैन : महामन्त्री शर्मा

बिहीबार, २४ पुस २०८२, ०८ : १७
बिहीबार, २४ पुस २०८२

सारांश

  • कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताए।
  • उनले महाधिवेशन पुस २७ मा हुने र पार्टी विभाजन भए सबैभन्दा पहिले आफू बाहिरिने प्रतिबद्धता जनाए।
  • उनले पार्टी एकता सुदृढ बनाउँदै मुलुकको विश्वास जित्न नयाँ योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने ठोकुवा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'विशेष महाधिवेशन पुस २७ मा नै हुन्छ, पार्टी विभाजन हुँदैन । यदि पार्टी विभाजन हुने अवस्था आए महाधिवेशन हलबाट सबैभन्दा पहिले म बाहिरिन्छु । '

उनले भनेका– 'नेपाली काँग्रेसको पहिलो विशेष महाधिवेशनले नेपाली काँग्रेसलाई त्यो समयको सही मार्गमा सही ढङ्गले अघि बढ्न दुरदृस्टी र दृढ इच्छाशक्ति दिएको थियो । दोस्रो विशेष महाधिवेशन भिन्न राष्ट्रिय परिस्थिति र भिन्न आन्तरिक अवस्थाका बिचमा भइरहेको छ । यो संवेदनशील र ऐतिहासिक घडीमा हामीले एकातर्फ आन्तरिक एकतालाई सुदृढ बनाउने कार्य गरेर पार्टीभित्र नवीन आत्मविश्वास भर्नुछ । अर्कोतर्फ आजको नेपाल र अबको नेपालका बारे सुझबुझपूर्ण दृष्टि, योजना र सङ्कल्प अघि सारेर मुलुकको विश्वास जित्न नयाँ ढङ्गले अघि बढ्नु छ ।'

पार्टीको विधानमा भएको व्यवस्था कार्यान्वयन गर्नु पार्टी विभाजन गर्न नभएको उनले उल्लेख गरेका छन् । सबै प्रतिनिधिलाई महाधिवेशनमा उपस्थित हुन पनि आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप