राष्ट्रिय योग दिवस मनाउने तयारी
बिहीबार, २४ पुस २०८२, १४ : २०
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको छ ।
‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श नाराका साथ स्थानीय परिवेश अनुसार विद्यालयस्तर र सङ्घ–संस्था तहमा पनि दिवस मनाउन मन्त्रालयले सूचित गरेको छ ।
दिवस मनाउन मन्त्रालयका सचिव चूडामणि पौडेलको संयोजकत्वमा रहेको मूल समारोह उपसमितिले दिवसका दिन यससँग सम्बन्धित सङ्घ संस्थालाई एक घन्टा नजिकको पायकपर्ने विद्यालयमा योग–ध्यानसम्बन्धी प्रवचन र अभ्यास गराउन आग्रह गरिएको मन्त्रालयका उपसचिव गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।
हरेक जुन २१ मा अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ भने राष्ट्रिय योग दिवस हरेक माघ १ गते मनाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण