आगामी निर्वाचनमा एउटा कानुन बनाउन ५ वर्ष लगाउनेलाई भोट नदिनुस् : कानुनमन्त्री
बिहीबार, २४ पुस २०८२, १५ : ५८
काठमाडाैँ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आगामी निर्वाचनमा एउटा कानून बनाउन पाँच वर्ष लगाउनेहरुलाई भोट नदिन आग्रह गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले बिहीवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले जनताप्रति उत्तरदायी र जिम्मेवारीवोध भएका जनप्रतिनिधि चुन्न आग्रह गरे ।
जेनजी आन्दोलनले योग्य जनप्रतिनिधि छान्ने मौका दिएको उनको भनाइ छ । उनले हाल एउटा कानून बनाउन ५ वर्ष र प्रत्यायोजि विधायन बनाउन अर्को ५ वर्ष लगाउने जनप्रतिनिधि हुँदा समस्या भएको बताए ।
उनले फागुन २१ गते निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरे । उनले फेरि पनि पाँच जना व्यक्तिको ईसारामा कानुन बनाउनेलाई भोट दिएमा अर्को १० वर्षमा पनि देश यही स्थितिमा रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण