बागमती प्रदेशका सबै सुरक्षा प्रमुख ललितपुरमा
सारांश
- बागमती प्रदेशका सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू ललितपुरमा सुरक्षा गोष्ठीका लागि भेला भएका छन्।
- गृहमन्त्री ओमप्रकाश अर्यालले गोष्ठीको उद्घाटन गरे, जसमा निर्वाचन सुरक्षाबारे छलफल हुनेछ।
- गोष्ठीमा प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, प्रजिअ, सैन्य अधिकारी र अन्य सुरक्षा निकायका प्रमुखहरू सहभागी छन्।
काठमाडौँ । बागमती प्रदेशका सबै सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू ललितपुरमा आएका छन् । बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सबै सुरक्षा प्रमुखहरु ललितपुरको पुल्चोकमा भेला भएका हुन् ।
बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले गरे । गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, प्रजिअहरु, सैन्य अधिकारीहरू र काठमाडौँ उपत्यकामा कार्यरत सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा चुनौती र निर्वाचनको सुरक्षा रणनीतिबारे गोष्ठीमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । गोष्ठीको आयोजना गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो ।
गोष्ठीको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नेपाल प्रहरीका आईजीपी, सशस्त्रका आइजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र सेनाका बलाधिकृत रथी सहभागी छन् । गोष्ठी शुक्रवार साँझ सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ राईलाई प्रदान गरिने
-
तीन वर्षमा माध्यमिक तहका १ लाख ६४ हजार विद्यार्थी गायब
-
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट
-
माइतीघरमा सुकुमबासीहरूले गरे विरोध प्रदर्शन, तस्बिरहरू
-
क्याम्ब्रिज अपस्किल्स अंग्रेजी परीक्षाको विश्वसनीयतामाथि प्रश्न, छानबिन र पुनःपरीक्षाको माग गर्दै निवेदन
-
मन्त्रिपरिषद् बैठक सकियो, सुनाइएन निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण