सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय भयो : प्रचण्ड
शुक्रबार, २५ पुस २०८२, १३ : ३६
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले सञ्जय दत्तसँगको भेटघाट अविष्मरणीय रहेको बताए।
- प्रचण्डले फेसबुकमा दत्तसँगको तस्बिर पोस्ट गर्दै 'मुन्ना भाई MBBS' मा उनको अभिनयको प्रशंसा गरे।
- दाहालले दत्तसँगको कुराकानी रमाइलो भएको र नेपाल बसाइ सुखद रहने आशा व्यक्त गरे।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बलिउड अभिनेता सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय भएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा अभिनेता दत्तसँगको भेटघाटसहितको तस्बिर पोष्ट गर्दै उनले सो कुरा बताएका हुन् ।
संयोजक दाहालले भनेका छन् : ‘हिजो सञ्जय दत्तसँगको भेटघाट निकै अविष्मरणीय रह्यो। 'मुन्ना भाई MBBS' मा उहाँको अभिनयको म सधैं प्रशंसक रहेको छु ।’
उनले दत्तसँगको कुराकानी निकै रमाइलो भएको समेत बताएका छन् । ‘उहाँसँगको कुराकानी निकै रमाइलो भयो। मलाई आशा छ उहाँको नेपाल बसाइ सुखद र सुखमय रहनेछ’ दाहालले भनेका छन् ।
संयोजक दाहाल र अभिनेता दत्तबिच बिहीबार साँझ भेटघाट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण