बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस विशेष महाधिवेशनको जुलुसका लागि ६ वटा रुट, कहाँकहाँबाट निस्किन्छ जुलुस ?

शुक्रबार, २५ पुस २०८२, १८ : ४१
शुक्रबार, २५ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौँको भृकुटी मण्डपमा आयोजना हुँदैछ । विशेष महाधिवेशनको उद्घाटन अघि काठमाडौँका विभिन्न छ फरक फरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको छ । 

विशेष महाधिवेशनका लागि गठन भएको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदिशनरसिंह केसीका अनुसार जुलुस प्रदर्शनका लागि छ वटा रुट तय गरिएको हो  । 

विशेष महाधिवेशनस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता केसीले दिएको जानकारी अनुसार पुस २७ गते आइतबार मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि ती विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन गरिने छ ।

केसीका अनुसार काठमाडौँको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखर र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने तयारी गरिएको केसीले जानकारी दिए । 

यी छ वटा रुटमा फरक फरक जिल्लाका प्रतिनिधि तथा नेता कार्यकर्ताहरू सहभागी हुने केसीको भनाइ छ ।

यस्तो छ जुलुस निस्कने रुट

रुट नम्बर १

भेला हुने स्थान : सुन्धारा

चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरू, अन्य सबै जिल्ला । काठमाडौँ निर्वाचन क्षेत्र ८, ९ र १० अन्तर्गत पर्ने सबै नगर वडा समितिहरू यो रुट हुँदै जुलुसमा सहभागी हुनेछन्। यो जुलुस सुन्धाराबाट वीर अस्पताल, रत्नपार्क पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा प्रवेश गर्नेछ ।

रुट नम्बर २

भेला हुने स्थान: रत्नपार्क

नुवाकोट, रसुवा, धादिङ 

रत्नपार्कबाट पुरानो बसपार्क हुँदै जुलस विशेष महाधिवेशनस्थल पुग्ने

रुट नम्बर ३

भेला हुने स्थान : पद्मकन्या क्याम्पस

बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता–कार्यकर्ता सहित काठमाडौँका ५, ६ र ७ का सबै नगर वडा समितिहरू यो रुट हुँदै जुलुसमा सहभागी हुनेछन्। यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ।

रुट नम्बर ४

भेला हुने स्थान : शंकरदेव क्याम्पस

भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपालचोक, सिन्धुली तथा काठमाडौँका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका सबै नगर वडा समितिहरू यो रुट हुँदै जुलुसमा सहभागी हुनेछन्। यो जुलस शंकरदेव क्याम्पसबाट पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

रुट नम्बर ५

भेला हुने स्थान : कमलपोखरी

काठमाडौँका निर्वाचन क्षेत्र १ र ४ का सबै नगर वडा समितिहरू यो रुट हुँदै जुलुसमा सहभागी हुनेछन्। कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै भृकुटीमण्डपबाट यो रुटको जुलुस प्रवेश गर्नेछन् ।

रुट नम्बर ६

भेला हुने स्थान : कुपण्डोल

ललितपुर, मकवानपुरका प्रतिनिधि तथा नेता कार्यकर्ता यो रुटमा सहभागी हुन सक्नेछन्। यो रुट कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप प्रवेश गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप