सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

रुखको हाँगाले लागेर महिलाको मृत्यु

शुक्रबार, २५ पुस २०८२, २१ : ३६
शुक्रबार, २५ पुस २०८२

उदयपुर । उदयपुरमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–७ हाङबजारकी एक महिलालाई रुखको हागाले लागेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार रुखको हाँगाले लागेर चौनपा–७ की ४२ वर्षीय नमिता राईको मृत्यु भएको हो । आज बिहान १०ः ०० बजे स्थानीय पञ्चमी सामुदायिक वनमा रुख ढाल्ने क्रममा राईलाई रुखको हाँगाले टाउकोमा लागेर गम्भीर घाइते भएकी थिइन् ।

बेल्टार नगर अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राईको शव परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको सूचना अधिकारी दोङले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप