‘मिरमिरे’ मा बुवा र छोरीको मार्मिक कथा छ : दयाहाङ
सारांश
- अभिनेता दयाहाङ राईले फिल्म 'मिरमिरे' बुवा र छोरीको कथामा बनेको बताए।
- फिल्मले सन्तानप्रति अभिभावकको भविष्य र बुवाको खुसीलाई देखाउँछ।
- 'मिरमिरे' माघ १ गतेबाट प्रदर्शन हुँदैछ, जसमा दयाहाङ राई, प्रकाश सपूत लगायतका कलाकार छन्।
काठमाडौँ । अभिनेता दयाहाङ राईले फिल्म ‘मिरमिरे’ बुवा र छोरीको कथामा निर्माण भएको बताएका छन् । फिल्ममा सन्तानप्रति अभिभावकले देखेको भविष्यको कथा समेत देख्न मिल्ने उनको भनाइ थियो ।
‘छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसी फिल्मले भन्छ’ दयाहाङले भने– ‘यो इमोसनलाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्नेमा आफू र फिल्म केन्द्रित छ ।’
झट्ट हेर्दा बाबु र छोरीको कथा देखिए पनि गहिरिएर हेर्दा ‘मिरमिरे’ मा धेरै कुरा रहेको उनको भनाइ छ । ‘झट्ट हेर्दा केही नदेखिने तर एकछिन सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्ने रुचि भएकैले मैले यो फिल्म छानेको हुँ’, उनले भने– ‘कतिसम्म दुःखी र खुसी हुनेभन्दा पनि हामी काममा प्यासन छैन भन्छौँ । तर, यो प्यासनले हेर्ने फिल्म हो यो ।’
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ । यार्सा फिल्मसको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ मा सहनिर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका वितरक रोहित कट्टेल रहेका छन् ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् । फिल्मको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण