माघे सङ्क्रान्तिको लागि चाकु बनाउन भ्याइनभ्याइ (तस्बिरहरु)
सारांश
- माघे सङ्क्रान्तिको लागि टोखाका उद्योगीहरू चाकु बनाउन व्यस्त छन्।
- टोखा चाकु उत्पादनको लागि प्रसिद्ध छ र यहाँ विभिन्न प्रकारका चाकु उत्पादन हुन्छन्।
- चाकु स्वास्थ्यका लागि राम्रो मानिन्छ र यसलाई चिसो मौसममा खाने चलन छ।
काठमाडौँ । माघे सङ्क्रान्ति आउन केही दिन मात्रै बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन व्यस्त छन् । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखामा सञ्चालित १४ उद्योगलाई यतिबेला चाकु बनाउन भ्याइनभ्याइ छ ।
नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनको लागि प्रसिद्ध ठाउँ हो । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।
_sKU0ddw6Ou.jpg)
टोखामा उत्पादन भएको चाकु अहिले प्रति १०० ग्राम रु एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ ।
_nitlkcXRzz.jpg)
चाकु चिसो लागेका बेला पनि खाने चलन छ । चाकु खाँदा शरीरमा ताप बढ्नुका साथै रोगसँग लड्न सक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।
_mDULf4m6uP.jpg)
_cowbM914Ay.jpg)
_XrtQQKjjtD.jpg)
_ql5oGGIGON.jpg)
_925bSIVepU.jpg)
_O812zOxZrQ.jpg)
_gyOgeXYF96.jpg)
_HALPnxNyzd.jpg)
_bOjPXFSrWM.jpg)
_YOQ1ZQdWwm.jpg)
_sUR11nK5QG.jpg)
_ed2b0j8sXL.jpg)
_udRsTyOyc4.jpg)
_T9dSBaomz5.jpg)
_hlaQSKNfcA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण