अपडेट
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
आइतबार, २७ पुस २०८२, १० : ४२
सारांश
- आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २८०० रुपैयाँले बढेको छ।
- चाँदीको मूल्य पनि बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण