कांग्रेस विशेष महाधिवेशन : पद्मोदयबाट भृकुटीमण्डप जाने सवारी डाइभर्ट गरिँदै
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार उद्घाटन हुँदैछ । उद्घाटन अघि ६ ठाउँबाट जुलुस निकाल्ने कार्यक्रम रहेको नेपाली कांग्रेस विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ ।
ललितपुरको कुपण्डोल, काठमाडौँको सुन्धारा, रत्नपार्क पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ जुलुस प्रस्थान गर्ने कार्यक्रम रहेको छ । जुलुसको कारण काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन प्रभावित हुने बताइएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले पद्मोदय मोडबाट भृकुटीमण्डपतर्फ चल्ने सवारी डाइभर्ट गर्ने कार्ययोजना बनाएको छ । जुलुसको आकार हेरेर पद्यमोदय मोडबाट भृकुटीमण्डपतर्फ चल्ने सवारीलाई डाइभर्ट गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उनले भने– ‘भिड धेरै भएमा आयोजकसँग समन्वय गरेर मद्यमोदयबाट भृकुटीमण्डपतर्फ चल्ने सवारी डाइभर्ट गर्छौ तर, अहिलेसम्म निर्वाध रूपमा सवारी चलिरहेको छ ।’
मानिसको सङ्ख्या धेरै भएमा टुँडिखेलबाट राष्ट्रिय सभागृह तर्फ आउने सवारीलाई पनि डाइभर्ट गरिने छ । एसपी सुवेदी भन्छन्– ‘आवागमनलाई असर नपर्ने गरी सवारी डाइभर्ट गर्ने योजना छ ।’
मध्यान्ह १ बजे कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन उद्घाटन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण