देउवा, खड्कासहित पदाधिकारीलाई विशेष महाधिवेशनमा आउन गुरुराज घिमिरेको आग्रह
सारांश
- काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
- आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
- यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।
काठमाडौँ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारीलाई विशेष महाधिवेशनमा आउन आग्रह गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई महाधिवेशनमा उपस्थित भएर उत्सवका रूपमा मनाउने वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।
उनले विशेष महाधिवेशनलाई नजर अन्दाज नगरी उत्सवका रूपमा लिन आग्रह गरे । ‘विशेष महाधिवेशनलाई नजरअन्दाज नगर्नुस् । फागुन २१ को निर्वाचनमा दिग्बिजय बनाउने उत्सवको रूपमा लिन आग्रह गर्दछु,’ घिमिरेले भने ।
विरोधीका कुरा सुन्ने विरोधीलाई ठाउँ दिने सहनशील पार्टीलाई यस्तो ठाउँमा पुर्याएको भन्दै सभापति देउवासहितका पदाधिकारीको आलोचना गरे । ‘हामीमाथि पत्थर फ्याँक्नु भएको छ हामी फूल फालेर भन्न चाहन्छौँ । हामी एकताबद्ध र बलियो कांग्रेस चाहन्छौँ,’ घिमिरेले भने ।
घिमिरेले आफूहरूले विशेष महाधिवेशन गरेरै छाड्न गरेको प्रतिबद्धता पूरा गरेको बताए ।
निर्वाचन आएको बेलामा पार्टीमा एकताको खाँचो रहेको भन्दै घिमिरेले एकताबद्ध बनाउने वातावरण निर्माण गर्न सभापति देउवालाई घिमिरेले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण