बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गायक प्रशान्त तामाङको निधनमा पश्चिम बङ्गालकी मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

आइतबार, २७ पुस २०८२, १५ : १५
आइतबार, २७ पुस २०८२

सारांश

  • पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले 'इन्डियन आइडल' विजेता प्रशान्त तामाङको निधनप्रति शोक व्यक्त गरेकी छिन्।
  • मुख्यमन्त्रीले तामाङको दार्जिलिङसँगको सम्बन्ध र कोलकाता प्रहरीसँगको आबद्धताको स्मरण गरिन्।
  • प्रशान्त तामाङले इन्डियन आइडल जितेपछि भारत र नेपालमा ठूलो चर्चा कमाएका थिए।

काठमाडौँ । 'इन्डियन आइडल' विजेता तथा चर्चित गायक प्रशान्त तामाङको आकस्मिक निधनप्रति पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले गहिरो शोक व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै उनले राष्ट्रिय ख्याति प्राप्त कलाकार तामाङको असामयिक निधनको खबरले आफू स्तब्ध भएको बताएकी छन्।

मुख्यमन्त्री बेनर्जीले दार्जिलिङको पहाडसँग प्रशान्तको पुर्ख्यौली सम्बन्ध र कुनै समय कोलकाता प्रहरीसँगको आबद्धताका कारण उनी पश्चिम बङ्गालका बासिन्दाका लागि विशेष प्रिय रहेको उल्लेख गरेकी छन्। उनले प्रशान्तको निधनले कला क्षेत्रमा ठुलो क्षति पुगेको भन्दै शोकसन्तप्त परिवार, साथीभाइ र उनका असंख्य अनुयायीहरूमा समवेदना प्रकट गरेकी छन्।

प्रशान्त तामाङले इन्डियन आइडलको तेस्रो सिजन जितेपछि नेपाली भाषी समुदायमा मात्र नभई पूरै भारत र नेपालमा ठुलो चर्चा कमाएका थिए। उनको निधनको खबर सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जालमा विभिन्न क्षेत्रका व्यक्तित्व र उनका प्रशंसकहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप