पूर्णबहादुर खड्काको गृह जिल्लाबाट केन्द्रीय सदस्यसहित ९ जना नेता विशेष महाधिवेशनमा सहभागी
सारांश
- सुर्खेतबाट कांग्रेसका केन्द्रीय सदस्यसहित ९ जना विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।
- कर्णाली प्रदेश सांसद जानकी सिंह लगायतका नेताहरू विशेष महाधिवेशनमा सहभागी भएका छन्।
- खड्काको गृह जिल्लामा नेताहरूले विशेष महाधिवेशनमा साथ दिएपछि पार्टीभित्र असमझदारी बढेको टिप्पणी छ।
सुर्खेत । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतबाट एक जना केन्द्रीय सदस्यसहित करिब एक दर्जन नेता, कार्यकर्ताहरू विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । केन्द्रीय सदस्य जानकी सिंह लगायतका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेका हुन् ।
कर्णाली प्रदेशसभाकी सांसद समेत रहेकी सिंहले ०७९ को चुनावपछि खड्काको टिम छाडेको चर्चा थियो । यद्यपि, भावी सभापतिको लाइनमा रहेका खड्काको गृह जिल्लामै सिंह लगायतका नेताहरू विशेष महाधिवेशनमा सहभागी हुनुलाई खड्काले पार्टीभित्र नेताहरूलाई मिलाउन नसकेको टिप्पणी सुरु भएको छ ।
सिंहसहित तीर्थजंग शाही, कालीप्रसाद शाक्य, धना विष्ट, कर्ण चन्द, पूर्ण राना लगायतका ९ जना महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा पुगेका छन् । यस्तै, कांग्रेस सुर्खेतका पूर्व जिल्ला सभापति लगायतका अन्य केही नेताहरू पनि काठमाडौँमा सहभागी छन् ।
यस्तै केही प्रतिनिधिहरूले हस्ताक्षर गर्न बाँकी रहेकाले महाधिवेशन प्रतिनिधिहरू बढ्ने सम्भावना रहेको पूर्व सभापति कमलराज रेग्मीले बताए ।
दुई वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा ५० बढी महाधिवेशन प्रतिनिधिहरू छन् । कर्णालीमा इतर पक्षको नेतृत्व गरिरहेका हृदयराम थानीले भने अहिलेसम्म कुनै निर्णय गर्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण