योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिने
सारांश
- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्ने तयारी भइरहेको बताए ।
- मन्त्री चौलागाईंले गोरक्षपीठमा रहेको योगी नरहरिनाथको समाधिस्थललाई आकर्षक बनाउनुपर्नेमा जोड दिए ।
- योगी नरहरिनाथको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्न लागिएको छ।
काठमाडौँ । वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् ।
पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको गोरक्षपीठको अवलोकनका क्रममा मन्त्री चौलागाईंले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी गरिएको जानकारी दिए । गोरक्षपीठस्थित योगी नरहरिनाथको समाधिस्थलमा रहेको प्रतिमा क्षेत्रलाई आकर्षक स्थलका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।
योगी नरहरिनाथले गरेको योगदानको कदर गर्दै उनलाई राष्ट्रिय विभूति घोषणा गर्न लागिएको मन्त्री चौलागाईंले बताए । गोरक्षपीठ क्षेत्रको बृहत्तर विकास हुनुपर्ने उल्लेख गर्दै उनले योगी नरहरिनाथले लेखेका पुस्तकलाई व्यवस्थित गरी पुनः प्रकाशनका लागि सहयोग जुटाउनुपर्ने बताए । सो अवसरमा त्यस क्षेत्रका सम्पदाको अवस्थाबारेमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा र कोषाध्यक्ष श्रीधर सापकोटाले मन्त्री चौलागाईंलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण