बार्सिलोनालाई सुपर कप उपाधिः रियल म्याड्रिड ३–२ ले पराजित
सारांश
- बार्सिलोनाले रियल म्याड्रिडलाई ३-२ गोलले हराएर स्पेनिस सुपर कपको उपाधि जित्यो।
- राफिन्हाले बार्सिलोनाका लागि दुई गोल गरे भने लेवान्डोस्कीले एक गोल थपे।
- खेलको अन्तिम समयमा डे योङ रातो कार्ड खाएर बाहिरिए तापनि बार्सिलोनाले जित निकाल्यो।
काठमाडौँ। बार्सिलोनाले स्पेनिस सुपर कपको फाइनलमा आफ्नाे चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ । यो जितसँगै बार्सिलोनाले गत वर्षको सफलतालाई दोहोर्याएको छ।
बार्सिलोनाका लागि राफिन्हाले दुई गोल गरे उनले खेलको ३६औँ मिनेटमा पहिलो गरे भने ७३ औँ मिनेटमा व्यत्तिगत दोस्रो गोल गरे । रोबर्ट लेवान्डोस्कीले पहिलो हाफको इन्जुरी समयमा एक गोल थपे । रियल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सियाले गोल फर्काए पनि टोलीलाई हारबाट बचाउन सकेनन् ।

खेलको अन्तिम समयमा बार्सिलोनाका फ्रेन्की डे योङले रातो कार्ड खाएर मैदान छोडेपछि टोली १० खेलाडीमा सीमित भएको थियो । यद्यपि, बार्सिलोनाले आफ्नो अग्रता जोगाउँदै उपाधि सुरक्षित गर्यो ।
एल क्लासिकोको हेड–टु–हेडमा भने रियल म्याड्रिड १०६ जितका साथ अगाडि छ, जबकि बार्सिलोनाको जित संख्या १०५ पुगेको छ ।
खेलअघि दबाबमा थियो रियल, बार्सिलोनाले फेरि तोड्यो सपना
खेलअघि नै यो फाइनललाई रियल मड्रिडका प्रशिक्षक जाबी अलोन्सोका लागि ‘गर वा मर’को क्षणका रूपमा हेरिएको थियो । पछिल्ला पाँच खेल लगातार जितेर केही राहत पाएका अलोन्सोले बार्सिलोनाविरुद्ध पहिलो ट्रफी जित्ने आशा गरेका थिए । तर हान्सी फ्लिकको रणनीति र बार्सिलोनाको आक्रामक खेलशैली अगाडि रियल फेरि चुक्न पुग्यो ।
गत वर्ष पनि यही जेद्दाहमा भएको सुपर कप फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ५–२ ले हराएको थियो । त्यो खेल हान्सी फ्लिकका लागि टर्निङ प्वाइन्ट साबित भएको थियो भने यसपटकको जितले पनि बार्सिलोनाको प्रभुत्वलाई निरन्तरता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण