विश्वप्रकाशको प्रतिवेदन : भदौ २३ र २४ को आन्दोलनबारे जेनजीले आत्मसमीक्षा गर्नुपर्छ
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
- उनले ती घटनाको निष्पक्ष छानबिन नभए देश द्वन्द्वमा फस्न सक्ने चेतावनी दिए।
- शर्माले जेनजी प्रदर्शनकारीलाई आत्मसमीक्षा गर्न र घटनाको जिम्मेवारी लिन आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ र २४ गते भएका दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा सबैले स्पष्ट रूपमा प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनुपर्ने बताएका छन् ।
भृकुटीमण्डपमा आयोजना भएको विशेष महाधिवेशन बन्द सत्रमा प्रतिवेद पेस गर्दै शर्माले ती दुवै घटनालाई निष्पक्ष छानबिन गरी कारबाही नभए भविष्यमा फेरि देश द्वन्द्वमा फस्न सक्ने उनले स्पष्ट पारेका छन् ।
‘कसैले भदौ २४ को आगजनीको कुरा गर्ने २३ गते अबोध युवाहरू मारिएको घटनालाई दोस्रो प्राथमिकता राख्ने, कसैले भदौ २३ को घटना सम्झिने तर २४ गतेको ध्वंसलाई बिर्सने । यो प्रवृत्तिले हामीलाई फेरि द्वन्द्वमा धकेल्न सक्छ । अत भदौ २३ र २४ दुवै दिनको घटनाको निष्पक्ष अनुसन्धान र कारबाहीको विषयमा हामी सबैथरी स्पष्ट रूपले प्रतिबद्ध रहेर प्रक्रियालाई इमानदार ढङ्गले सघाउनु पर्दछ’, प्रतिवेदनमा भनिएको छ ।
२०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरिरहँदा कतिपय ठाउँमा बम विस्फोट भएपछि पार्टीले सम्पूर्ण सत्याग्रह स्थगित गरेको स्मरण गर्दै शर्माले इतिहासको त्यो एक उच्चतम नैतिक प्रस्तुति भएको प्रतिवेदनमा भनिएको छ । जेनजीले आफूले प्रदर्शन गरेको आत्म समीक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिवेदनमा भनिएको छ, ‘जेनजी प्रदर्शनकारीले आफ्नो प्रदर्शनको आत्मसमीक्षा गरेर त्यति मात्रै जिम्मेवारी आफ्नो भागमा लिनुपर्छ जति तिनको आह्वान, संलग्नता र कर्म हो । भदौ २३ गतेको घटनाका दोषी उपर कारबाही हुनुपर्छ भनिरहँदा त्यो विल्कुल सही छ । अत्यधिक बल प्रयोग मार्फत होनहार युवाहरूको जीवनको समाप्ति इतिहासकै गम्भीर घटना थियो ।’
शर्माले २४ गते राष्ट्रव्यापी रूपमा भएको ध्वंसको घटनालाई अलग छुट्याउन, त्यसको निष्पक्ष र वस्तुगत छानबिन गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन जेनजी युवाहरूकै विशेष माग बन्नुपर्ने र यसलाई जाँचबुझ आयोग मार्फत निष्पक्ष निरूपण गरिनु उचित हुने स्पष्ट पारेका छन् । यसो गरेर भविष्यमा त्यो ध्वंसको धब्बा आफूहरूको शिरमा लाग्न नदिन जेनजी प्रदर्शनका सबै अगुवा र प्रत्येक जेनजी युवा सजग हुन जरुरी रहेको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैदीबन्दीलाई अब प्रत्येक वर्ष नयाँ तन्ना, चाडपर्व खर्च ५ सय
-
पछिल्लाे २४ घण्टामा विपद्का ६२ घटना, दुई जनाको मृत्यु
-
पुँजी बजारका सरोकारवालासँग प्रधानमन्त्रीको छलफल : जायज माग कार्यान्वयन गर्ने आश्वासन
-
बुधबारदेखि वर्षा कम हुने
-
केएमसीमा खुट्टा काट्नुपर्ने जोखिममा रहेका बिरामीको बिनाचिरफार सफल उपचार
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण