ओलीको विरासतलाई तोड्ला बालेनको विद्रोहले ?
सारांश
- काठमाडौँका मेयर बालेन शाह झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन्, जसले राजनीतिक बहस सुरु गरेको छ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रमा बालेनको प्रवेशलाई विरासतविरुद्धको विद्रोहको रूपमा हेरिएको छ र यो चुनौतीपूर्ण छ।
- बालेनले चुनाव जित्न रास्वपाको मत मात्रै होइन, एमालेको 'क्याडर बेस' र कांग्रेसको मतमा पनि प्रभाव पार्नुपर्ने हुन्छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेको समाचार प्रकाशमा आएसँगै नेपाली राजनीतिमा नयाँ बहस सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘किल्ला’ मानिने झापा–५ मा बालेनको प्रवेशले आगामी फागुन २१ को चुनावी भिडन्तलाई विरासतविरुद्ध विद्रोहको रूपमा हेर्न थालिएको छ ।
बालेन शाहले फागुन ५ गते काठमाडौँको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारसमेत बनेका बालेनका लागि यो बाटो जति साहसिक छ, २०७९ को चुनावी अंकगणितले यसलाई उति नै चुनौतीपूर्ण देखाएको छ ।
- के भन्छ तथ्याङ्क ?
२०७९ को प्रतिनिधि सभा निर्वाचनको तथ्याङ्कलाई हेर्ने हो भने यो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पकड निकै मजबुत देखिन्छ । उक्त निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दै सानदार जित हासिल गरेका थिए । ओलीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत सघाएको थियो । यस अर्थमा ओलीले पाएको मतमा राप्रपाका मतदाता पनि जोडिएका छन् ।
झापा–५ मा एमालेले ०७९ को निर्वाचनमा समानुपातिकतर्फ ३५ हजार ८७२ मत पाएको थियो भने राप्रपाले ७ हजार ३७० मत पाएको थियो । यस्तै रास्वपाले समानुपातिक तर्फ १८ हजार २०५ मत पाएको थियो ।
ओलीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मतमात्र प्राप्त गरेका थिए ।
रोचक पक्ष के छ भने उक्त निर्वाचनमा झापा–५ बाट रास्वपाका उम्मेदवार सुरेश कुमार पोखरेलले ११ हजार ७५९ मतमात्र ल्याएका थिए । यसको अर्थ ओली र रास्वपाबिचको मतान्तर ४० हजार ५६० को विशाल खाडल हो । बालेनले चुनाव जित्नका लागि केवल रास्वपाको मत संरक्षण गरेर पुग्दैन, एमालेको ‘क्याडर बेस’ मत र कांग्रेसको ‘परम्परागत’ मतमा ठुलो पहिरो जानुपर्ने हुन्छ ।
झापा–५ मा एमालेले ०७९ को निर्वाचनमा समानुपातिकतर्फ ३५ हजार ८७२ मत पाएको थियो भने राप्रपाले ७ हजार ३७० मत पाएको थियो । यस्तै रास्वपाले समानुपातिक तर्फ १८ हजार २०५ मत पाएको थियो ।
- बालेन फ्याक्टर र सम्भावनाको नयाँ समीकरण
अंकगणितीय हिसाबले बालेनका लागि ओलीसँगको प्रतिस्पर्धा निकै चुनौतीपूर्ण भए पनि राजनीतिमा कहिलेकाहीँ भावनाले गणितलाई ओझेलमा पारिदिन्छ । बालेन शाह केवल एक व्यक्ति नभएर अहिलेको पुस्ताका लागि ‘स्थापित शक्ति’विरुद्ध विद्रोहका प्रतीकका रूपमा चर्चामा छन् ।
काठमाडौँ महानगरमा उनले देखाएको आक्रामक कार्यशैली र स्वतन्त्र छविका कारण झापाका युवा मतदाताहरूमा एउटा ठुलो आकर्षण पैदा हुन सक्छ ।
रास्वपाको करिब १२ हजार मत र बालेनको व्यक्तिगत क्रेज मिसिँदा यो सङ्ख्या २०–२५ हजारको हाराहारीमा सजिलै पुग्न सक्ने अनुमान गर्न सकिन्छ । तर जितका लागि आवश्यक ५० हजारभन्दा बढी मतका लागि उनले झापा–५ मा रहेका ‘साइलेन्ट भोटर्स’ र नयाँ थपिएका युवा मतदाताहरूलाई पूर्ण रूपमा आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ ।
- चुनौतीका पहाड
बालेनका लागि सबैभन्दा ठुलो चुनौती एमालेको सुदृढ संगठन हो । केपी ओलीको गृहक्षेत्र भएकाले यहाँ एमालेका कार्यकर्ताहरू भावनात्मक रूपमा समेत जोडिएका छन् । अर्कोतर्फ यदि नेपाली कांग्रेसले आफ्नो उम्मेदवार खडा गरेमा ‘एन्टी–ओली’ मत विभाजित हुनेछ, जसको प्रत्यक्ष फाइदा पुनः ओलीलाई नै पुग्नेछ ।
बालेनले जित्नका लागि कांग्रेस, माओवादी र अन्य साना दलहरूको ‘मौन समर्थन’ वा उनीहरूको मत आफूतिर तान्ने रणनीति अपनाउनु पर्ने उनी निकट राजनीतिज्ञहरूले सुझाएका छन् ।
काठमाडौँमा सेलिब्रेटी मेयरका रूपमा चिनिएका बालेनलाई झापाका स्थानीय मतदाताले ‘टुरिस्ट’ उम्मेदवारका रूपमा हेर्ने जोखिम पनि उत्तिकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण