‘धुरन्धर’ले नेपालमा कमायो १० करोड १५ लाख
सोमबार, २८ पुस २०८२, १३ : ४२
सारांश
- रणवीर सिंहको एक्सन फिल्म 'धुरन्धर' ले नेपाली बक्स अफिसमा १० करोड बढी कमाएको छ।
- 'धुरन्धर' ले शनिबारसम्म १० करोड १५ लाख, १८ हजार ७९५ नेरु ग्रस कमाएको चलचित्र विकास बोर्डले जनाएको छ।
- फिल्म डिसेम्बर ५ मा रिलिज भएको थियो, जसमा रणवीर सिंह, सञ्जय दत्त लगायतका कलाकारको अभिनय रहेको छ।
मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा १० करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार सम्मको सिनेमा : बक्स अफिस रिपोटमा ‘धुरन्धर’ को आम्दानी १० करोड १५ लाख, १८ हजार ७९५ नेरु ग्रस कमाएको उल्लेख छ । नेपालमा फिल्मको टिकट भने ३ लाख ९ हजार २२७ वटा बिक्री भएको छ ।
फिल्म गत डिसेम्बर ५ मा रिलिज भएको थियो । आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ । फिल्ममा रणवीरका अलावा सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण