राजनीति
देउवासँगको भेटमा शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’
सोमबार, २८ पुस २०८२, १६ : २०
१
सारांश
- शेखर कोइरालाले पार्टी विभाजन रोक्न सभापति शेरबहादुर देउवालाई सुझाव दिए।
- देउवा निवासमा पुगेर कोइरालाले पार्टी मिलाउन आग्रह गरेका थिए।
- देउवाले पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएका छन्, छलफल भइरहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनतिर गएको भन्दै तत्काल मिलाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन्।
देउवा निवास महाराजगञ्जमा सोमबार पुगेर कोइरालाले देउवालाई यस्तो सुझाव दिएका हुन् । देउवा गुटको बैठक जारी रहेकै बेला अरू तीन जना नेतासहित कोइराला महाराजगञ्ज पुगेका थिए।
बैठकमा सहभागी कोइराला समूहको एक नेताले पार्टी फुटतिर गएकाले कोइरालाले सभापतिलाई मिलाउन आग्रह गरेको रातोपाटीलाई बताए ।
जवाफमा देउवाले आफू समूहमा छलफलमा रहेको भन्दै पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएको ती नेताको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण