आइएमईको योजना सार्वजनिक, बम्परमा ‘बीवाइडी’ गाडी जित्ने मौका
काठमाडौं । आइएमई लिमिटेडले साउदी अरबमा रहेका नेपालीहरूका लागि ‘टिक्मो (Tiqmo) मार्फत आइएमई गरौ, उपहार जितौं’ नामक नयाँ योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरूले ‘टिक्मो’ एप प्रयोग गरी आइएमई मार्फत नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक उपहार जित्न सक्नेछन्। पौष २१ गतेदेखि सुरु भएको यो अभियान चैत्र १७ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ।
के-के छन् उपहार ?
कम्पनीका अनुसार यो योजनामा सहभागी भई रेमिटेन्स पठाउनेमध्येबाट ‘मेगा पुरस्कार’ अन्तर्गत एक जना भाग्यशाली विजेताले ‘बीवाइडी अट्टो १’ प्राप्त गर्नेछन्।
त्यस्तै, मासिक रूपमा दुई जना भाग्यशाली विजेताले ‘याडिया ओविन’ स्कुटर जित्नेछन् भने साप्ताहिक विजेता अन्तर्गत १२ जना भाग्यशाली विजेताले ‘आइफोन १७’ जित्न सक्नेछन्।
टिक्मोको यो उत्सवमा सामेल भई कुल १५ जना भाग्यशाली व्यक्ति लाभान्वित हुनेछन्। विजेताहरूको छनोट पारदर्शी डिजिटल लक्की ड्रमार्फत गरिने कम्पनीले स्पष्ट पारेको छ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरूले आफूले कमाएको पैसा सुरक्षित रूपमा नेपाल पठाउन डिजिटल प्रविधिको प्रयोग बढाउने र उपहार पनि जित्ने अवसर प्रदान गर्न यो योजना ल्याइएको हो। टिक्मो साउदी अरेबियामा लोकप्रिय डिजिटल वालेट एप हो, जुन विशेष गरी पैसा पठाउन र अनलाइन भुक्तानीका लागि प्रयोग गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण