एन्फाको माघ २८ को निर्वाचन प्रक्रिया तत्काल रोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश
सारांश
- उच्च अदालत पाटनले एन्फाको निर्वाचन प्रक्रिया तत्कालका लागि रोकेको छ।
- अदालतले माघ २८ गतेका लागि तय भएको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू अघि नबढाउन आदेश दिएको हो।
- अमित खत्रीले निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेपछि अदालतले यस्तो आदेश दिएको हो।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ । उच्च अदालत पाटनले आगामी माघ २८ गतेका लागि तय गरिएको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनका न्यायाधीश कृपासर कार्कीको एकल इजलासले सोमबार सो आदेश जारी गरेको हो । निर्वाचन रोक्न माग गर्दै अमित खत्रीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लगायतलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए । नयाँ पत्रिका दैनिकमा पुस २१ गते प्रकाशित सूचना अनुसार अघि बढाइएको उम्मेदवारी दर्ता फारम बुझ्नेलगायत निर्वाचन सम्बन्धी कुनै पनि कार्य नगर्न र नगराउन अदालतले विपक्षीहरूको नाममा आदेश दिएको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘मिति २०८२/०९/२१ मा नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचना बमोजिमको उम्मेदवारी दर्ता फारम बुझ्ने लगायत निर्वाचन सम्बन्धी अन्य कुनै पनि कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ ।’
अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि आगामी माघ ६ गते बोलाएको छ । साथै, विपक्षीहरूलाई यो आदेश जारी हुनु नपर्ने आधार र कारण भए १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण