इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह
जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन आग्रह गरेकाे छ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सोमबार एक सूचना जारी गर्दै जिल्लाभित्र रहेका सबै इजाजत प्राप्त हातहतियार धनीहरूलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउन आग्रह गरेको हो।
निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि हातहतियार बुझाउन भनिएकाे प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार बुझाइएका हातहतियारहरू निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीलाई सुरक्षित रूपमा फिर्ता गरिनेछ।
सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाएमा प्रचलित कानुन बमोजिम हातहतियार जफत गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइने चेतावनी समेत दिइएको छ।
_jehRslH1QK.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण