शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

राप्ती प्रतिष्ठानको बिमाको करिब १४ करोड रकम भुक्तानी नहुँदा समस्या

मङ्गलबार, २९ पुस २०८२, १० : १०
मङ्गलबार, २९ पुस २०८२

बुटवल । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिमा सेवा बापतको करिब १४ करोड रुपैयाँ भुक्तानी नहुँदा आर्थिक सङ्कटमा पर्दै गएको छ । 

प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले कार्तिकसम्मको ११ करोड रुपैयाँ बिमाको रकम भुक्तानी नभएको र मङ्सिर र पुससम्मको थपिदा त्यो १४ करोड पुग्ने बताए ।  

उनले बिमा बोर्डलाई बिमाको रकम भुक्तानीका लागि पटक–पटक पत्राचार गर्दा पनि हालसम्म बिमाको ठुलो रकम भुक्तानी नहुँदा समस्या भएको र अब थेग्न नसक्ने अवस्थामा पुगेको प्रस्टाए ।

 बिमा सेवा बापतको रकम करोडौँ रुपैयाँ भुक्तानी नहुँदा औषधि सप्लार्यसले पनि औषधिजन्य सामग्री उपलब्ध गराउन नसक्ने बताउँदै आएकाले बिमाबाटको उपचार सेवा प्रभावित हुन सक्ने बताए ।  बिमाको रकम भुक्तानीका लागि पहल गरिदिन सबैलाई रजिस्ट्रार लम्सालले आग्रह  गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप