समानुपातिक सूचीबाट १६४ जनाले फिर्ता लिए उम्मेदवारी (सूचीसहित)
सारांश
- १८ राजनीतिक दलका १६४ जना समानुपातिक सूचीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
- निर्वाचन आयोगले नाम फिर्ता लिनेहरूको ठाउँमा अर्को नाम पठाउन दलहरूलाई निर्देशन दिएको छ।
- लोकतान्त्रिक समाजवादी पार्टीबाट सबैभन्दा धेरै ७८ जनाले नाम फिर्ता लिएका हुन्।
काठमाडौँ । विभिन्न १८ राजनीतिक दलका १६४ जना समानुपातिक सूचीमा रहेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार १८ राजनीतिक दलका १६४ जना उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।
नाम फिर्ता लिएकाहरूको ठाउँमा अर्को नाम पठाउन निर्वाचन आयोगले सम्बन्धित दललाई सूचित गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आयोगका अनुसार समानुपातिक सुचीबाट सबैभन्दा धेरै उम्मेदवारी फिर्ता लिनेमा लोकतान्त्रिक समाजवादी पार्टीका ७८ जना रहेका छन् । लोसपाले जसपासँग पार्टी एकता गरेपछि समानुपातिक सुचीका नाम फिर्ता गरेको हो । त्यसपछि जनता समाजवादी पार्टी नेपालका २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
तेस्रोमा जनमत पार्टीका २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । चौथो धेरै नाम फिर्ता लिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १२ जना रहेका छन् ।
त्यसैगरी जनादेश पार्टी नेपालका ६ जना, नेकपा एमालेका ५ जना, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का ४ जना, राष्ट्र निर्माण दल नेपालका ४ जना उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण