संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबिच छलफल जारी, कांग्रेसलाई फुटबाट जोगाउने प्रयास
मङ्गलबार, २९ पुस २०८२, १८ : २५
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबिच निरन्तर छलफल भइरहेको छ ।
पार्टीलाई एकताबद्ध गर्ने प्रयास स्वरूप वार्ता भइरहेको नेताहरूले बताएका छन् । केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुगेका कांग्रेस नेता एनपी साउँदले दुई पक्षबिच छलफल चलिरहेको र पार्टीलाई फुटबाट जोगाउने प्रयास भइरहेको जानकारी दिए ।
छलफल टुङ्गिएपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने उनले बताए । उनले केही विषयमा दुवै पक्ष सहमति नजिक पुगेको र केही विषयमा अझै पनि छलफल जारी रहेको धारणा राखे ।
नेता साउदले विधानको दायरालाई सम्मान गर्दै वार्तालाई निष्कर्षमा पुराएर पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेसको प्रजातान्त्रिक संस्कृति अनुसार नै अर्को पक्ष पनि सहमतिमा आउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
-
योजना आयोग र त्रिभुवन विश्वविद्यालयबिच सहकार्य
-
चिनियाँ आर्थिक सहयोगमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण परियोजना सुरु
-
अर्थ मन्त्रालयमा बजेट कार्यान्वयनका लागि छलफल सुरु
-
घरअगाडिबाटै हरायो ट्रक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण