सुदूरपश्चिममा लगानी गर्न मुख्यमन्त्रीको आह्वान, अनुकूल कानुन बनाउन सरकार तयार
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लगानी भित्र्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला आह्वान गरेका छन् ।
मंगलबार टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको ‘सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव–२०८२’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको बताए ।
उनले निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। लगानीकर्तालाई अनुकूल हुने गरी आवश्यक कानुन संशोधन गर्न समेत प्रदेश सरकार तयार रहेको उनले स्पष्ट पारे।
साथै, लगानीको सुनिश्चितताका लागि सुरक्षा, खानेपानी र यातायातजस्ता पूर्वाधार विकासको वातावरण बनाउन सरकार तत्पर रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री शाहले मेला–महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै यहाँको कला, संस्कृति र पहिचानलाई अगाडि बढाउने विश्वास व्यक्त गरे । यस्ता कार्यक्रमले आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
उनले नयाँ पुस्ता (जेनजी) ले उठाएका सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने मागलाई संविधानको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्नेमा जोड दिए । नयाँ जनादेशअनुसार आवश्यक परे संविधान संशोधनमार्फत मुलुकलाई अगाडि बढाउनुपर्ने धारणा उनले राखे ।
सोही अवसरमा मुख्यमन्त्री शाहले टीकापुरमा छिट्टै ‘टीकापुर प्राविधिक विश्वविद्यालय’ सञ्चालन गरिने घोषणा समेत गरे। विश्वविद्यालय सञ्चालनले यस क्षेत्रको शैक्षिक, आर्थिक र समग्र विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले यसका लागि सबै जनप्रतिनिधि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना : समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने मूल नाराका साथ सुरु भएको यो महोत्सव माघ ११ गतेसम्म सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण