मोटरसाइकलको ठक्करले घाइते ७० वर्षीय वृद्धाको मृत्यु, एक घाइते
बुधबार, ३० पुस २०८२, ०९ : ५६
सारांश
- वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ।
- दुर्घटनामा ७० वर्षीया लक्ष्मी लामिछानेको मृत्यु भएको हो।
- मोटरसाइकल चालक पनि घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
सुर्खेत । वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका—१३, बस्ने ७० वर्षीया लक्ष्मी लामिछाने रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, मंगलबार पिपिरा चौकबाट धुलायबिटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००२ प ३२७१ नम्बरको मोटरसाइकलले पुरानो ११ नम्बर वडा कार्यालय अगाडि पैदल यात्री लामिछानेलाई ठक्कर दिएको थियो ।
‘घाइते लामिछानेलाई उपचार गर्न प्रदेश अस्पताल लगिएको थियो, उपचारकै क्रममा उहाँको मृत्यु भयो,’डीएसपी बुढ्थापाले रातोपाटीसँग भने ।
उक्त घटनामा मोटरसाइकल चालक २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन् । लेखबेशी नगरपालिका–३ का बस्नेतको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण